माप्य दुधकोशी गाउँपालिकामा एकैदिन ५ वटा सडक खण्डको उद्धघाटन
सोलुखुम्बु : जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा एकैदिन ५ वटा सडक खण्डको उद्धघाटन गरिएको छ । गाउँपालिका भित्र खनिएका ५ वटा शाखा सडकको आज बुधबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको सहकर्मी पबित्रा राईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको ६ लाखको लागतमा खनिएको देप्कु झुलोउ सडक खण्डको आज गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनितामाया मगरले सयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो ।
यस्तै अर्को सडक खण्ड क्यादेल ओदु–कोफु सडककोे पनि उद्धघाटन गरिएको सहहकर्मी राईले जानकारी दिनुभयो । पालिकाको ४१ लाख बजेटमा निमार्ण गरिएको गाउँपालिकाको कोफु हुदै भस्मे जाने सडक र पोख्नाई छेदु हुदै अम्रास जोडने सडकको एकैसाथ उद्धघाटन गरिएको हो । सडक उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सगरमाथा सम्म जोडने महत्वपुर्ण सडक भएको बताउँनुभएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले समुदायको आवश्यकताको आधारमा सडक निमार्ण भएको दाबी गर्नुभयो । कृषकहरुले उत्पादन गरेका कृषी उपजहरुलाई बजार सम्म लैजानका लागी सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै अर्को सडक खण्ड ४० लाखको लागतमा सम्पन्न भएको आइतवारे, देप्कु, बाबर्खा कोफु सडकको समेत अध्यक्ष राई र उपाध्यक्ष मगरले सयुक्त रुपमा उद्धघाटन गर्नुभएको छ ।