माप्य दुधकोशीलाई एक्सन फर नेपालको स्वास्थ्य सामाग्री सहयोग
सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकालाई एक्सन फर नेपालले करिब १० लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको छ ।
एक्सन फर नेपालको कोभिड १९ रेस्पोन्स परियोजना अन्र्तगत अक्सिजन कन्सेन्ट्रेटर २ वटा, एन्टीजेन किट १०० वटा, पिपिई सेट ५० वटा, मास्क, स्यानिटाईजर लगायत बिभिन्न १२ प्रकारका अति आवश्यकीय स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्रदान गरिएको हो ।
सोमबार प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले स्वास्थ्य सामाग्री माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई हस्तान्तरण गरेका छन् । सामाग्री ग्रहण गर्दै अध्यक्ष राईले सहयोगीदातालाई धन्यवाद दिए ।