मार्मिक गीत (आमा मेरी आमा) गीतको भिडियो सार्वजनक
संगीतकार कलाकार पेमा तामाङ'को मार्मिक गीत (आमा मेरी आमा) गीतको भिडियो सार्वजनक भएको छ। उक्त गीतलाई चर्चित गायक संगीतकार पुस्कर सुनुवार’ले गाएका छन् भने’ गीतको भिडियोमा संगीतकार कलाकार पेमा तामाङ अनिता गोले' मिना तामांङ' बुद्ध गुरुङ' रोहित गुरुङ' निमा तामाङ'को अभिनय रहेको छ ।
गीत र गीतको भिडियोले परदेशमा रहेका लाखौँ नेपालीहरु'को दुख; पीडालाई दर्शाएको छ। यो गीतको भिडियोले बिदेशमा दुखः गरिरहेका नेपालीहरुको पिडा बोलेको छ । आशा छ सम्पूर्ण नेपालीहरुले यो गीतको भिडियोमा आफ्नै कथा देख्नुहुने छ' भन्छन संगीतकार कुशल कलाकार पेमा तामाङ । गीतलाई गीतकार मिना तामाङ' ले रचना गर्नु भएको छ' भने गीतको भिडियोमा गीतकार मिना तामाङ'लाई आमाको भूमिकामा देख्न सकिने छ।
उक्त गीतको भिडियोमा कन्सेप्ट सुरज श्रेष्ठ ' निरेन श्रेष्ठको निर्देशन,दिपक गिरीको छायांकन' नबिन सुनुवार'को सम्पादन तथा कलारिङ'रहेको छ। उक्त मार्मिक गीतलाई गायक संगीतकार संगीत संयोजक पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ। गीतको भिडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ।