नेपाली सहयोगी हातहरु, मकाउद्वारा दोस्रो चरण अन्तर्गतको रक्तदान कार्यक्रम पनि सम्पन्न गर्यो

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम जुलाई ११ तारिख, आज दोस्रो चरणको रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ। मकाउमा एक दिनमा २० जना भन्दा धेरै रक्तदाताहरुले रक्तदान दिन नमिल्ने हुदा दुई चरणको कार्यक्रम राखिएको हो ।

मकाउमा १०औ पटक रक्तदान गर्नु हुने डम्बर बहादुर गुरुङ

मकाउमा नेपाली समुदायले रक्तदान जस्तो पुण्य, पवित्र जीवनदान जस्तो महत्वपूर्ण कार्यक्रममा पाँचौ पटक रक्तदान दिनु हुने पुष्कर दुलाल, दशौ पटक रक्तदान दिनु हुने डम्बर बहादुर गुरुङलाई अध्यक्ष थापा मगरले विशेष धन्यवाद दिएका छन्, भने ब्लड बैक मकाउले समेत ब्लड डोनर पुष्कर दुलाल र डम्बर बहादुर गुरुङलाई उच्च सम्मान गर्दै बिशेष उपहार प्रदान गरेको थियो ।

रक्तदान कार्यक्रममा सहभागी अन्य रक्तदाताहरुलाई समेत अध्यक्ष थापा मगरले विशेष धन्यवाद व्याक्त गरेका छन् ।  यसरी मकाउमा नेपाली समुदायको सामाजिक कार्यमा उल्लेखित सहभागिता रहेको देख्दा अध्यक्ष थापा मगरले खुशी व्याक्त गरेका हुन् ।

रक्तदान कार्यक्रममा सहभागी संस्थाका सदस्यहरु 

नेपाली सहयोगी हातहरु, मकाउले गठन भएको छोटो समयमा मकाउमा रहेका नेपाली समुदाय र स्थानीय मकाउका विभिन्न तह सम्म आफ्नो परिचय दिनका लागि नेपाली सहयोगी हातहरु, मकाउले आफ्नो उदेश्य रहेको पनि अध्यक्ष थापा मगरले जानकारी दिएका छन् । हाल यो संस्थाले बृहत् रुपमा आफ्नो सदस्यता विस्तार गरिरहेको छ ।

संस्थाले स्थापना गरेको छोटो समयमा खेलकूद आयोजना समेत गरेको थियो । गत में ३१ मा बुद्धिचाल र व्याटमिनटन खेल आयोजना समेत सम्पन्न गरेको थियो । मकाउमा नेपालका धेरै राष्ट्रीय स्तरका खेलाडीहरु रहेका छन् । निकट भविष्यमा अन्य खेलकूद लगायदका विभिन्न कार्यक्रम समेत आयोजना गर्ने उदेश्य रहेको समेत अध्यक्ष थापा मगरले जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरुलाई आगामी जुलाई २६ तारिख प्रमाणपत्र, मेडल र सहभागी सम्पूर्णलाई धन्यवाद स्वरुप नेपाली सहयोगी हातहरु, मकाउको लोगों सहितको टि-कप दिने कार्यक्रम रहेको समेत संस्थाका निर्देशक उदय वाग्लेले जानकारी दिएका छन् ।

रक्तदान गर्दै रक्तदाताहरु