एनआरएन “महिला मञ्ज” मकाउद्वारा तीज कार्यक्रम २०२० भव्य सम्पन्न

मकाउ । गैरआवासीय नेपाली संघ “महिला मञ्च” मकाउद्वारा आयोजित तीज २०२० कार्यक्रम गैरआवासीय नेपाली संघ महिला मञ्चकी संयोजक सर्मिला राईको अध्यक्षतामा तीज विशेष २०२० भव्यताका साथ सम्पन्न भएको छ ।

आयोजित कार्यक्रमको स्वागत मन्तव्य शुसिला राईले दिएकी थिईन भने गैर आवासीय नेपाली संघ आइसीसी सदस्य तथा पुर्व अध्यक्ष शान्तिदेवी अधिकारीले तीज विशेष आफ्नो धारणा राखेकी थिइन ।

त्यस्तै, नेपाली सहयोगी हातहरु, मकाउका संयोजक निर्मला थापा मगरले तीजको शुभकामना मन्यतव्य दिएकी थिइन भने आगामी अगष्ट २० तारिख बिहिवार “नेपाली सहयोगी हातहरु, मकाउले आयोजना गर्न लागेको तीज कार्यक्रममा समेत D-2 मकाउमा तीज विशेष कार्यक्रम २०२० रहेको हुदा सहभागिताको लागि सम्पूर्णमा महिला दिदि बहिनीहरुमा उपस्थितिको लागि विशेष अनुरोध गरेकी थिइन ।

आयोजित कार्यक्रमका संयोजक सर्मिला राईले उपस्थित सम्पूर्ण महिला दिदि बहिनीहरुमा तीज विशेष २०२० शुभकामना दिएकी थिइन भने  कृष्ण शेम्पा याम्फु राईले आयोजित कार्यक्रम संचालन गरेको थिए ।

आयोजित कार्यक्रममा भाग्य, सिमा र ममता लगायदका कालाकारहरुले कार्यक्रममा चेली माईतीको बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरेकी थिइन। त्यस्तै, गैरआवासीय नेपाली संधका सक्रिय सदस्यहरु शुसिला राई, रीता राई, संगिता रीजाल र विष्णु केसी लगायद आयोजित कार्यक्रममा सम्मान समेत गरिएको थियो । त्यस्तै, समाजसेवी गीता मगर शेर्पालाई पनि विशेष सम्मान गरिएको थियो ।

प्रवासमा रहेका नेपाली समुदायले आफ्नो संस्कृति परम्परा अन्य समयमा जस्तै, यो महामारी कोभिड-१९ को समयमा समेत मकाउमा रहेको नेपाली दिदि बहिनीहरुले भव्य र सभ्य रुपमा तीज कार्यक्रम २०२० भव्यताका साथ आफ्ना मौलिक भेषभूषा सहित कार्यक्रममा सहभागी भएका नारीहरुले छमछमी नाच्दै भरपुर रमाईलो गरेका थिए ।