मकाउमा १११ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

सन्जिब कोयी/मकाउ - मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस एक कार्यक्रमको आयोजना गरी विभिन्न मुलुकका महिलाहरुको सहभागितावीच संयुक्त रुपमा ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मनाएका छन्।

आयोजित कार्यक्रममा मकाउका स्थानीय प्रमुख अतिथि General assembly president of ATFPM- Dra Rita Botelho, Deputy of the legislative assembly of Macau Dr. Jose Pepeira Coutinho विशिष्ट अतिथि र नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगरले १११ औ अन्तराष्ट्रिय नारी दिवसको अबसरमा आफ्नो धारणा राखेका थिए।

आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनु हुने कुमारी सुब्बा,विन्दु सुनुवार राई, सृजना केसी, गीता मगर शेर्पा, सर्मिला राई, ग्रेस पागाउन र निर्मला थापा मगरलाई प्रशंसा पत्र र सम्मान आमन्त्रित प्रमुख अतिथि रिता साथै विशिष्ट अतिथि डा. जोसद्वारा प्रदान गरिएको थियो।

विश्वभर आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै गर्दा मकाउमा पनि नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालमा पनी विभिन्न कार्यक्रम आयोजना गरेर नारी दिवस मनाउने गरेको छ। ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ यो वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। कार्यक्रम निर्मला थापा मगरले संचालन गर्नु भएको थियो।