
सन्जिब कोयी/मकाउ - मगर संध मकाउले आज एक कार्यक्रमको आयोजना गरेर मकाउमा आफ्नो पहिलो बार्षिकत्सव सहित आफ्नो मौलिक चाड “माघे संक्रान्ति” भव्य रुपमा मनाएको मगर संध मकाउका अध्यक्ष सम्शेर थापा मगरले जावकारी दिएका छन् ।
संधको अध्यक्ष सम्शेर थापा मगरको सभापतित्वमा आयोजित कार्यक्रमको विशेष अतिथि मगर संध मकाउका संरक्षक सुदर्शन थापा मगर, प्रमुख अतिथि एनआरएन मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, अतिथि एनआरएन मकाउ आइसीसी सदस्य शान्तिदेवी अधिकारी, अतिथिहरुमा विभिन्न जातिय संस्थाका प्रमुखहरु र प्रतिनिधिहरु आमन्त्रित गरिएको थियो।
आयोजित कार्यक्रममा नेपाली महावाणिज्यदूतावास हङकङ/मकाउका राजदूत उदय बहादुर राना मगरले पठाएको शुभकामना सन्देश समेत टेलिभिजन मार्फत उपस्थित सबैलाई देखाइएको थियो। त्यस्तै मगर संध हङकङको समेत विशेष शुभकाना रहेको कार्यक्रममा सुनाईएको थियो।
आयोजित कार्यक्रममा माघे संक्रान्तिको अवसरमा परम्परागत रुपमा मगर समुदायले ग्रहण गर्दै आएका परिकारहरु ध्यु, चाकु, वन तरुल र सेलरोटी लगायका फलारहरु ग्रहण गरेका थिए। आयोजित कार्यक्रममा उपस्थित सम्पूर्णमा शुभकामना आदन प्रदान गरेर मौलिक भेषभूषामा सजिका मगर समुदायले सालै ज्यु जस्ता मौलिक गीतमा नाचेर भरपुर मनोरञ्जन समेत गरेका थिए।
त्यस्तै, कोरोना महामारीका कारण स्वदेश फर्कन लागेका आफ्ना समुदायका सदस्यहरुलाई मगर संध मकाउको टि-सर्ट प्रदान साथै सम्मान व्यक्त समेत गरेका थिए। आयोजित कार्यक्रम निर्मला थापा मगरले संचालन गरेकी थिइन्।