
✍️ हाम्रो आवाज अनलाईन न्युज, ।लोकप्रिय गायक तथा संगीतकार महेन्द्र राईको “ए आमा “ गीत सार्बजानिक भएकोछ । हजार सपनाहरु बोकेर बाध्यताले सिमापारी मरुभुमिमा श्रम बेच्दै गरेको एउटा छोरोले परदेश बाट घरदेशमा आफ्नो आमालाई सम्झेको भाबुक कथा बोकेकोछ यस गीतमा ।
यस गीतमा शब्द र स्वर रहेकोछ कमल केदेम लिम्बुको र संगीत रहेकोछ महेन्द्र राईको साथै गीतलाई एरेन्ज र मिक्सिङ गरेका छन राजु कार्किले किङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राइले गरेका हुन । स्टुडियोमा नै गीतको लिप्सिङ भिडियो बनाईएकोछ भने भिडियो एडिटिङ र छायांकन रोनिश तामाङले गरेका हुन ।यस गीतको भिडियो महेन्द्र एण्ड दिपा अफिसियल युट्ब च्यानल बाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ