
✍️तिलोचन गौतम , वालालम्पुर मलेसिया - July -12
कोभिड १९ को कारण बिदेशी भुमिमा अलपत्र परेका नेपाली नागरिक लाइ स्वदेश फिर्ता गराउन गरेको पहिलो चरणको उडानहरु सम्पन भएका छन । मलेसिया बाट नेपाल एयरलाइन्स , हिमालय एयरलाइन्स, मालिन्दो एयरलाइन्स गरि २१ वटा उडानमार्फत ३३२२ जना नेपाली नागरिकहरु स्वदेश फर्किएका मलेसिया स्थित नेपाली राजदूतावास क्वालालम्पुरले सम्पन भएको पहिलो चरणको चार्टर उडान सम्बन्धि जानकारी मार्फत सार्वजनिक गरेको छ।
जारी सुचनामा उल्लेख भए अनुसार मलेसिया बाहेक
मलेसिया स्थित नेपाली राजदूतावासकै रोहबरमा इन्डोनेशिया बाट २० ,फिलिपिन्स बाट १०९ जना समेत स्वदेश फिर्ता भएको जानकारी सार्वजनिक गरेको छ ।
मलेसियामा विभिन्न हस्पिटलमा बाट मृत ३९ जना नेपालिको सव समेत पहिलो चरणको चार्टर उडानमा स्वदेश फिर्ता गराइएको थियो । मलेसियामा विभिन्न कसुरमा कानुनी सजायमा परि जेल सजाय भुक्तान गरि घरफिर्ती केन्द्र मा रहेका ६९ जना नेपाली लाइ समेत स्वदेश फिर्ता गराएको छ।