
काठमाण्डौ- आ.व. २०७७/०७८ को बार्षिक बजेट बिनियोजनमा खोटाङ क्षेत्र नं.२ का प्रदेश सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य माननीय राम कुमार राई पासाङको पहलमा बिकाश निर्माणको विभिन्न योजना हरुलाई लक्षित गरि विभिन्न सिर्षकमा ३१ करोड ७५ लाख १७ हजार रुपैयाँ खोटाङ क्षेत्र नं २ को लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि छुट्टाईएको छ। जनयुद्धको पृष्ठभूमिबाट उठेका नेता स्पष्ट, सहज, सरल र सहयोगी स्वाभाबको छवि भएको नेताकोरुपमा जनतामाझ परिचित छन भने पार्टी भित्र स्पष्ट बैचारिक दृष्टिकोण भएको ईमान्दार र बैचारिक नेताको रुपमा उनको छबि स्थस्पित छ। खोटाङ क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा निर्बाचित माननीय राम कुमार राई पासाङको आधिकारिक फेसबुक पेज माननीय राम कुमार राई सचिबालय नामको आफ्नो फेसबुक पेज बाट रु. १० लाख माथिको बजेटको बिबरण उल्लेख गरि उनको सचिबालयले सार्बजनिक गरेको छ। तपसिलका सिर्षक र बजेट हरु जस्ताको तस्तै वहाँको वालबाट साभार।
खोटाङले विकासमा वामे सर्दैछ । खोटाङे जनताहरुले तिरेको कर निश्चित रुपमा विकासमा फिर्ता हुनेमा ढुक्क छौं । समन्वय र सहकार्य गर्नुहुने सबै जनप्रतिनीधि, जनताहरु र राजनीतिक दलहरु प्रति हार्दिक आभार । समन्वयलाई सम्बोधन गर्नुहुने प्रदेश नम्बर १ सरकारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
कोरोना भाइरस कोभिड १९ लाई विजय गर्दै विषम परिस्थितिमा पनि प्रदेश एकको नीति तथा कार्यक्रमको साथै बजेट विनियोजन गरेर प्रदेशको उन्नत्ति र जनता प्रति उत्तरदायि भूमिका रहेको छ । कोरोनाले अर्थतन्त्र तहसनहस बनाएता पनि प्रदेशको प्राथमिकतामा रहेका योजनाहरु छुटेपनि आर्थिक वर्ष २०७७/०७८ को बजेट आएको छ । यसमा गौरव मान्नु गर्दछौं । मानिस बाँचेर मात्र विकास निर्माण गर्ने हो । यतिवेला बाँच्ने र बचाउने अनि विकास गर्ने समय हो । समन्वय गरिएको सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग वन तथा वातावरण मन्त्रालय, जनता आवास कार्यक्रम, कतिपय अवन्दामा रहेको एकमुस्ट बजेट बाहेकका साथै दशलाख मुनीका योजनाहरु समावेश गरिएको छैन । आ.व. २०७७/०७८ को बजेट योजना यसप्रकार रहेको छ ।
१. धाप्लाङ – धर्तुङ – बराहापोखरी सडक (मुख्यमन्त्रि ग्रामिण सडक) रु.१ करोड १० लाख ।२. एयरपोर्ट – सावाखोला – जन्तेढुंगा सडक (मुख्यमन्त्रि ग्रामिण सडक) रु.१ करोड १० लाख ।३. मखुवाखोला पक्कीपुल रु.२ करोड ।४. साप्सुखोला पक्की पुल रु. २ करोड ।५. बुवाखोला पक्की पुल रु. १ करोड ।६. रसुवा, सिम्पानी, मुलडाँडा र पाँचधारे सडक ८ करोड ।७. लंवुवाखोला झोलुङ्गे पुल, बराहापोखरी गापा रु. २५ लाख ।८. मौवाबोटे वाटुङ्गखोला झोलुङ्गे पुल बराहापोखरी गापा रु. २५ लाख ।९. जन्तेढुंगा सभाहल निर्माण रु. १० लाख ।१०. खोटाङ बजार ढल सडक विस्तार रु. २ करोड ४५ लाख ।११. च्याह्याङला गुम्बा साकेला ४ रु. १० लाख ।१२. सामुदायिक भवन साकेला २ रु. १ करोड २५ लाख ।१३. दिक्तेल देखी दोर्पा दुम्वुली सडक रु.१० लाख ।१४. एकिकृत वस्ति तथा बजार साकेला रु. १ करोड ।१५. मदनमण्डारी स्पोर्टस हल निर्माण रु.२० लाख ।१६. वुवाखोला नदि नियन्त्रण रु. ३० लाख ।१७. धिप्लुङ सिँचाई योजना टेम्मा रु.७० लाख ।१८. सावा नदि नियन्त्रण रु. ६० लाख ।१९. नमुना सिम्ले सिंचाई योजना खाल्ले रु. ६० लाख ।२०. थोपा सिंचाई योजना खाल्ले रु.१५ लाख ।२१. रानीभिर लङगुर सिंचाई योजना मात्तिम ४ रु.२० लाख ।२२. साप्सुखोला डाँडाखर्क लिफ्टिङ सिंचाई योजना खाल्ले रु.५० लाख ।२३. लाकेतान्त्रिक सिंचाई योजना बतासे रु. ८० लाख १७ हजार ।२४. फाक्टाङ मारुला सिंचाई योजना रु. ५० लाख ।२५. खरुवाखोला गौंथली भिर खमिरे सिंचाई योजना दिप्रुङ याम्खा रु.१० लाख ।२६. सावा कटहरे खानेपाली आयोजना रु.१० लाख ।२७. बराहापोखरी ४ खानेपानी आयोजना रु.१० लाख ।२८. खोटाङ बजार खानेपानी आयोजना रु.१० लाख ।२९. फाक्टाङ खानेपानी आयोजना बहाराहापोखरी रु.२० लाख ।३०. रसुवाघाट कालापानी खानेपानी आयोजना कालापानी रु.२० लाख ।३१. काहुले खानेपानी आयोजना रु. १० लाख ।३२. रानीवन खानेपानी आयोजना खोटेहाङ ७ रु. १० लाख ।३३. लप्से पंखु मुहान खानेपानी योजना चिउरीडाँडा रु. १० लाख ।३४. सुन्तले खानेपानी आयोजना रु.२० लाख ।३५. सप्तेश्वर छितापोखरी खानेपानी योजना रु.१० लाख ।३६. चिप्रिङ खानेपानी आयोजना रु.१० लाख ।३७. कालीमाटी इन्द्रेणी पोखरी सिम्पानी खानेपानी योजना रु. १० लाख ।३८. सिम्पानी पारुहाङ सालिक तथा पदमार्ग निर्माण छितापोखरी सेल्मे रु.४० लाख ।३९. वृहत किराँत सांस्कृति अनुसन्धान केन्द्र निर्माण, सर्वधन स्मृति प्रतिष्ठान रु. ४५ लाख ।४०. धिप्लुङ छाँगा पर्यटन प्रर्वदन पूर्वाधार योजना दिप्रुङ ४५ लाख ।४१. टावा भञ्याङ सहिद पार्क स्तम्भ रु. ४० लाख ।४२. बहारापोखरी पर्यटन, प्रवर्दन पूर्वाधार रु. ३५ लाख ।४३. चखेवा मानेञ्याङ पर्यटकिय पदमार्ग रु. २० लाख ।४४. सिद्धेश्वर गुफा पर्यटकिय पूर्वाधार निर्माण दि.रु.म. न.पा. ४ रु. २० लाख ।४५. रसुवा, इन्द्रेणीपोखरी, खोटाङ बजार सेलो कपासे सडक रु.४० लाख ।४६. सोलढुंगा पर्यटन प्रवद्र्धन रु. ६० लाख ।४७. जन्तेढुंगा गाउँपालीका प्रशासकिय भवन रु.१ करोड ।४८. दिप्रुङ गापा १ दिक्तेल खाल्ले सडक पुल रु.६० लाख ।४९. विमानस्थल याम्खा सडक कालोपत्रे रु.४० लाख ।५०. सिन्ताङ मौवाबोटे सडक रु.६० लाख ।५१. घारिङ्खा साउने सडक रु.४० लाख ।५२. बाजे च्यानडाँडा मानेभञ्याङ सडक रु. ५० लाख ।५३. नैनेपाटी कालचिङखोला सडक रु.५० लाख ।
जय जनता, जय खोटाङ
थप बजेट सहित ४० करोडको परियोजनाहरु, केही छुटेका परियोजनाहरु
थप परियोजनाहरु १० लाख माथिका खोटाङ क्षेत्र नं.२ लक्षित योजनाहरु आ.व.२०७७/०७८
५४. पंखुलप्से, सिंचाई आयोजना रु.३ करोड ।५५. छितापोखरी अखटे खानेपानी दिप्रुङ रु. १० लाख ।५६. लप्सेपंखु मुहान खानेपाली रु.४० लाख ।५७. खोटेहाङ पा.वा परियोजना रु.३० लाख ।५८. साकेला २, ४ र ५ खानेपानी योजना ४० लाख ।५९. जन्तेढुंगा ५ खुटा बगैंचा खानेपानी रु.१० लाख ।६०. छितापोखरी मुहान गरी बतासे खानेपानी रु.२५ लाख ।६१. बतासे ४ खानेपानी आयोजना रु.२५ लाख ।६२. दिप्रुङ इजरा दिपबोरिङ परियोजना रु.३० लाख ।६३. खरुवाखोला मुहान खानेपानी दिप्रुङ ३ रु.२० लाख ।६४. खाल्ले सेरा खानेपानी दिक्तेल ४ रु.१० लाख ।६५. दोर्पा चिउरीडाँडा खानेपानी योजना रु.१० लाख ।६६. ठुलो गौरा मुहान गरी वाति वाटिखुङ ५ रु.१० लाख ।६७. रिबु घिमिरे गाउँ खाम्ला खानेपानी टेम्मा रु.२० लाख ।६८. निगुरे खानेपानी आयोजना दिप्रुङ पालीका रु.१० लाख ।६९. वाप्लुखा लेखांकी मुहान, सावाकटहरे पानेपानी रु.२५ लाख ।७०. छितापोखरी मुहान दिप्रुङ ४ खानेपानी रु.२५ लाख ।७१. चिउरीडाँडा खानेपानी रु.२५ लाख ।७२. मझुवाकालीका खानेपानी रु.१० लाख ।७३. काभ्रेखोला कटहरे कुलो रु.२० लाख ।७४. चिसापानी बजार सडक ढल रु.२० लाख ।७५. हात्तिटार सिंचाई योजना मौवाबोटे रु.१० लाख ।७६. लप्से पंचमी सिंचाई योजना रु.१५ लाख ।७७. हरमा राई खेतकुलो सिंचाई योजना रु.१५ लाख ।७८. छेतेखोला, खार्तेखोला सिंचाई योजना नेर्पा रु.४० लाख ।
हाम्रो जिल्ला विकसित जिल्ला स्थापनाको लागी समन्वय र सहकार्य गर्नुहुने सबै प्रति हार्दिक आभार ।
११ असार २०७७