मणिराज बस्नेतको “नौलो परदेशी “ सार्बजानिक भिडियो सहित ।

हाम्रो आवाज न्यूज । बिगत १८ बर्ष देखी अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आउनु भएका गीतकार मणिराज बस्नेतको नयाँ गीत “नौलो परदेशी “ सार्बजानिक गरेका छन । चार दर्जन गीत रेकर्डिङ साथै चार ओटा एल्बम बजारमा ल्याइसकेका बस्नेतले परदेश बाटै निरन्तर सिर्जना गरी रहेका छन ।

गीतकार मणिराज बस्नेत र संगीतकार गौतम सागर राईको यो दोश्रो सहकार्य हो । यो भन्दा अगाडी बबिना किराँतीको स्वरमा “मायाले बोलाको“ गीत पनि धेरै दर्शक श्रोताहरुले रुचाएका थिए ।

यस गीतमा स्वर भ्वाइज अफ नेपालको ब्याटल राउन्डबाट बाहिरिएकी दार्जिलिङकी चेली सुरक्षा सेन्चुरीको स्वर साथै शब्द मणिराज बस्नेत र संगीत गौतम सागर राईको हो । गीतको एरेन्ज मनोज साङ्सोन राईले गरेका छन भने मिक्सिङ राजु कार्किले गरेका हुन किङ स्टुडियोमा रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका हुन।

एउटा नौलो परदेशी बिरानो गाउँमा पुगे पछी खुल्दुली र त्यही गाउँको ठिट्टी संगको हेराहेर माया प्रितीका संबादहरु समेटिएका छन ।गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने यस गीतको भिडियो गरौ रमाईलो अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।

भिडियो लिंक यहाँ