लघु कथा -✍म उनको छेउमा गएर उभिए , उनि मलाई देखेर पनि न देखे झैँ गरे l म अटेरी गर्दै उनका सामु उभिएँ र आफुलाई चिनाए , उनि मौन थिए l एक दिन /दुई दिन यसरि हप्तौं बित्यो एकदिन अचानक भक्कानिएर रुन थाले , बर्बराउदै भने मलाई जिउनै मन छैन , उनलाई त्यसरी रोएको देखेर मेरा पनि आँखा रसाएर आए | अफ्ट्यारो मान्दै सोधे किन तेसो भनेको भनेर | साह्रै दुखि देखिन्थे , छोरा-छोरीले ल्याएर नर्सिंग होममा राखेर गएपछि फर्केर पनि नआएकोमा | हुन पनि त म जतिपटक गए एकपल्ट मात्र छोरालाई भेटेकी थिए | छोराको आदेश थियो रे कि कसैले पनि उनलाई सम्पर्क नगर्ने , परेको खण्डमा आफै सम्पर्क गर्छु भनेर | त्यस नर्सिंग होमले सम्पर्क गर्न खोज्दा उनि रिसाएका थिए रे l उनि निकै कसजोर देखिएका थिए , सांस मात्र बाँकि थियो खाना अगाडी भएनि चिसो भएर जान्थ्यो उनि छुदै छुदैनथे ।
त्यो दिन निकै खुसी थिए , खाना पनि खाएछन् ,सुकिलो लुगा लगाएका , उनि दङ्ग थिए ,जो जस्लाई भेट्दथे भन्थे भोलि उनलाई भेट्न उनको परिवार आउदै छन् भनेर हुन पनि किन न हुन महिनौ बितिसकेको थियो यो दिनलाई पर्खेर बसेको उनले उनको उज्यालो अनुहारले मलाइपनि उर्जा थपेको थियो l उनको खुशीले मलाई मात्र होइन सबलाई खुसी बनाएको थियो।
म भोलिपल्ट जाँदा उनको कोठा उनको परिवारले भरिएको थियो , दुवै छोराहरू, छोरि र नाति-नातिनीहरू वरि परि जम्मा भएको देखेर मलाई उनको खुशीले हाँसेको अनुहार हेर्न इच्छाले छिचोल्दै
भित्र पसे , छेउमा गएर उभिए तर............... उनि निस्तेज थिए । आँखा बन्द , धड्कन बन्द , उनि सबै आउनु भन्दा अगाडिनै यो संसारबाट बिदा लिइ सकेका रहेछन ।
✍️ तारा अधिकारी
डेनभर, कोलोराडो ।