मे १२ तारिख देखि जुन ७ तारिखसम्म मलेसियामा देशब्यापी एमसिओ जारी

प्रधानमन्त्री तान श्रि मुह्मदिन यासिनले जनताको नाममा सम्बोधन गर्दै  २०२१ , मे १२ तारिख बुधबारदेखि जुन ७ तारिखसम्म लागू हुनेगरि देशब्यापी एमसिओ  जारी गरिने प्रधानमन्त्री यासिनले बताउनुभएको छ।

क्वालालम्पुरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा स्थानीय सञ्चार माध्यम संगको कुराकानी क्रममा मलेसियाभरीनै एमसिओ  जारी गरिने बताउनुभएको बताउनुभएको छ

कोरोना संक्रमण उच्च रहेको क्षेत्र,राज्य हरुमा मुख्य मुख्य ठाउँ  मलेसियन प्रहरी  परिचालन गरि कडाईका साथ चेकजाँच गरिने साथै कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड एसओपी पालना नगर्ने हरु स्वदेशी , विदेशी कसैलाई पनि माफी नदिइने , कडा भन्दा कडा कारवाही गरिने मलेसिया सरकारले बताउनुभएको छ।