सुरक्षा सेन्चुरीको आवाजमा रहेको नया गित सार्वजनिक

प्रियजन राई काठमाडौं । जिबन राईको शब्द/संगीत र  गायिका सुरक्षा सेन्चुरीको सुरिलो आवाजमा रहेको मेरो प्यारो मनको मान्छे’ बोलको गीत तथा भिडियो बजारमा सार्वजनिक भएको छ।गीतले माया प्रेमका कुरालाई देखाउन खोजेको छ।

जिबन राईको शब्द संगीतमा रहेको  उक्त गीतमा सबैको लोक प्रिय मिठो स्वरकी धनी गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको छ। ओपेरा डिजिटल मीरा साउड स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ मास्टरिङ र बिष्णु अधिकारीले संगीत संयोजन गरेका हुन्।

सुमन मगरको आर्ट रहेको उक्त भिडियोमा पृथ्बी राई सुरक्षा सेन्चुरीको अभिनय देख्न सकिन्छ। मोहन कुमार (झिल्लु)ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन कलर गरेका हुन् । ‘मेरो प्यारो मनको मान्छे’ म्यूजिक भिडियो गायक तथा संगीतकार आफ्नै

Suman Rai Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।