काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सात बुँदे सम्झौता भएको छ ।
शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएको हाे ।
सम्झौतापत्रमा सरकारकातर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र माइतीघरमा धर्नामा बसेका पुनले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने सहमति भएको छ । त्यस्तै, अहिलेलाई धर्नालगायत सबै आन्दोलन अन्त्य गर्ने सहमति भएको छ ।
