महेन्द्र मा.बि कुन्चोकमा चिनको सहयोगमा एक सय दश जना विद्यार्थीहरुलाई शैक्षिक सामानहरु बितरण

सिन्धुपाल्चोक / इन्द्रावती गाउँपालिका वडा नम्बर २ मा रहेको महेन्द्र मा.वि.मा स्वास्थ्य सहित शैक्षिक सामग्री वितरण गरिएको छ ।

एन.सि.आई.टि चिनको सहयोगमा सोही विद्यालयको पुर्व विद्यार्थी उध्वप बानियाँ र विद्यालय ब्यबस्थापन समिति सदस्य मदन राज गिरिको पहलमा शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययनरत विद्यार्थी सङ्गै निम्न स्तर भएका बालबालिकाहरु सहित एक सय दश जना विद्यार्थीहरुलाई कार्यक्रम माझमा सामाग्रीहरु बितरण गरेका छन । सामाग्रीहरु प्रति बिद्यार्थी एक झोला भित्र मन्जन , ब्रस , माक्स , सेनिटाइजर , रुमाल सहित शैक्षिक सामग्री कपि , पेन्सिल , कलम ड्रईङ पेपर , ज्यामित्री बक्स आदि थिए ।

सयोगी संस्था चाईना फाउन्डेसनका संयोजक सुरेस प्याकुरेलको प्रमुख आतिथ्य तथा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष राम बहादुर सुनारको सभापतित्वमा समपन्न भएको हो ।

उक्त कार्यक्रममा काङ्ग्रेस जिल्ला उप-सभापति शिव सुनार,३ नं वडा अध्यक्ष देब प्रसाद बानिया, ईन्द्रावती गाउँ कार्यपालिका सदस्य रिता सुनार,एमाले ईन्द्रावती गाउँ पालिका कमिटी सचीव रामशरण गिरि, २ नं एमाले वडा कमिटी अध्यक्ष रामशरण भारती,२ नं वडा अध्यक्ष वीर बहादुर तामाङ,समाजसेवी श्याम शुभम गिरि, ईन्द्रावती युथ क्लबका अध्यक्ष आईते तामाङ्ग लागयतको बाक्लो उपस्थिति रहेको थियो ।

सभापति सुनारले कार्यक्रम सम्पन्न गर्नको लागि प्रत्यक्ष रुपमा विशेष भुमिका निर्वाह गर्नु हुने शिक्षकहरु सिताराम गिरि, राम बहादुर थापा,निलकन्ठ भट्टराई, कार्यालय सहयोगी राजु थापा मगर, अभिभावकहरु, विद्यार्थीहरु साथै समाजसेवी मोहन गिरि सबै प्रती आभार व्यक्त गरेका छन ।