
काठमाडाैं । सातौं संस्करणको महिला तथा पुरुष एनभिए क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको खेलमा पुलिसले एपिएफलाई सेटमा पराजित गरेको हो । एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५-१२ ले जित्दा दोस्रो सेट २१-२५ ले गुमाएको थियो ।
त्यस्तै तेस्रो सेट पुलिसले २५-२३ ले जित्यो। त्यस्तै चौथो सेट २५-१९ ले जित्दै पुलिस च्याम्पियन बनेको हो ।प्रतियोगितामा पुलिस अपराजित बन्दै च्याम्पियन बनेको छ ।