मिन प्रकाशले प्रीति आलेको साथमा भने ऐया बाबै कोरोना सर्लानी बोलको गीत सर्वजनिक गरेका छन (भिडियो सहित)

प्रियजन राई / काठमाडौं नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकै गर्दा यससँग सम्बन्धित रहेर धेरै सर्जकहरुले गीतका भिडियोहरु सार्वजनिक गरिरहेका छन् । सदा झैं यसवर्ष पनि सर्जकहरुले विभिन्न विषयमा तीजका गीतहरु सार्वजनिक गरिरहेका छन् ।

यसै मेसोमा सर्जक मिन प्रकाश ओलीले भने बिश्व महामारीको रुपमा रहेको कोरोना महामारीलाई विषय वस्तु बनाएका छन् । उनको सांगीतिक श्रृजनामा ऐया बाबै कोरोना सर्लानी बोलको गीतको भिडियो सार्वजनिक भएको हो रमेश बोहोराको शब्द तथा गायक ओलीकै संगीत रहेको गीतमा प्रिती आलेले स्वरमा साथ दिएकी छिन् ।

लोमश शर्मा, रुविना अधिकारी, भुपेन्द्र डाँगी, रेखा प्रजा, सोनियाँ राई र कुल बहादुर ओलीको नृत्य तथा अभिनय रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, प्रकाश धमलाको सम्पादन र स्मृति तिमल्सिनाको कोरियोग्राफी एवम् निर्देशन रहेको छ ।