प्रणय दिवसको दिन दरबार रेस्टुरेन्टमा गायिका मिना निरौलाको धमका।

✍️गौतम सागर राई,कोलोराडो अमेरिका।नमस्ते कोलोराडोको आयोजनामा यही फेब्रुवरी १४ शुक्रबार अर्थात प्रणय दिवसको दिन दरबार रेस्टुरेन्टमा गायिका मिना निरौलाको साँगितिक प्रस्तुति हुने भएकोछ।

ठमेल बजारमा,कालेदाई-कालेदाई जस्ता थुप्रै चर्चित गीत गाउँने गायिका निरौला संगै प्रत्यक्ष गाउन र नाच्न त्यस दिन पाईनेछ।6590 W 120th Ave B2, Broomfield, CO 80020 दरबार रेस्टुरेन्टमा साँझ ७ बजेबाट साँगितिक कार्यक्रम सुरु हुनेछ।

प्रणय दिवसको उपलक्ष्यमा हुन लागेको सो साँगीतिक कार्यक्रमलाई सफल बनाउन हरेक कुराहरुको भव्य ब्यवस्थापन गरिरहेको नमस्ते कोलोराडोका प्रबन्ध निर्देशक सुमन केसीले हाम्रो आवाज न्यूजलाई बताए ।

बिशेष जान्कारीको लागी सुमन केसी +1 (720) 416-6506