मकाउबाट आज नेपाल एयरलाइन्सको जहाज मार्फत १ सय ४७ जना नेपाली श्रमिकहरुको उद्धार

मकाउ - नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज मकाउमा पहिलोपटक अवतरण गरी मकाउमा कोरोना महामारीका कारण रोजगारी गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले १ सय ४७ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका छन् ।

मकाउमा पहिलो पटक नेपाल एयरलाइन्सको “आरए-४०५२” न्यारोबडी जहाज चाटर्ड मार्फत मकाउ अवतरण गरेको हो। कोरोना महामारीका कारण मकाउ सरकारले हवाई सेवामा पूर्णरुपमा प्रतिबन्ध लगाएको कारण मकाउ अन्तराष्ट्रिय विमान स्थलमा कार्यरत नेपाली सुरक्षाकर्मीहरुको समेत रोजगारी गुमेका थिए।

मकाउ-हङकङ हुदै तेस्रो पटक उडान भई सकेको छ। आज मकाउ अन्तराष्ट्रिय विमान स्थलबाट चौथो उडान मार्फत १ सय ४७ जना यात्रुहरु मध्य २ जना शिसु र १ जना बोनम्यारो विरामी सहित नेपाली नागरिकहरु स्वदेश फर्केका नेपाली महावाणिज्यदूतावास हङकङले जनाएको छ।

मकाउ-काठमाडौ सिधा उडान नहुदा नेपाली नागरिकहरु  काममा श्रम गर्नका लागि चीन, मलेशिया, थाईलैण्ड र हङकङ ट्रान्जिट प्रयोग गरी समुन्द्रीमार्ग र विश्वकै लामो सामुन्द्रिक पुलको प्रयोग गरेर मकाउ आउछन्। पछिल्लो समय हङकङ सरकारले कोभिड-१९ का कारण कडाइ गर्दा मकाउ श्रम गर्न आउने यात्रुहरु समेत प्रभावित भएका छन्। हङकङ र मकाउ दुबै चीनको स्वशाशित विशेष प्रशासनिक क्षेत्र हो ।

नेपाल एयरलाइन्सको जहाजबाट आज मकाउबाट १ सय ४७ जना नेपाली नागरिकलाई काठमाण्डौ-मकाउ उडान मार्फत उद्धार गरेको हो। विगत लामो समयदेखि स्वदेश फर्कन नपाउदा नेपाली नागरिकले दुख कष्ट झेल्नु परिरहेको थियो। नेपालमा रहनु हुने ९ जना मकाउ आईडी वाहकहरु नागरिक उड्डयन प्राधिकरण साथै मकाउ स्वास्थ्य ब्यूरोले अनुमति नदिएको कारण यस फालाईट मार्फत मकाउ आउन नसकेको नेपाली वाणिज्यदूतावास हङकङले जनाएको छ।