
तिलोचन गौतम,क्वालालम्पुर मलेसिया - मलेसियाको इपु पेराकमा रहेको YTY industry कम्पनीमा कार्यरत कामदार हरुले हडताल सुरु गरेका छ्न । नेपालि ,बाङ्लादेसि ,म्यान्मार, भिएत्नाम र मलेसियाका गरि करिबकरिब ७ हजार भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा आज बिहान बाट कामदार हरुले हडताल सुरु गरेका हुन।
ग्लोब उत्पादन गर्ने YTY industry कम्पनीले कोभिड को महामारी का बीच पनि कामदारहरुले कम्पनी लाइ सघाउ पुर्याएको र उत्कृष्ट सेवा प्रदान गरेको भन्दै कम्पनीको ओनरले हरेक कामदारलाइ बोनस स्वरुप २ महिनाको पारिश्रमिक बराबर को रकम उपलब्ध गराउने भन्दै सुचना जारि गरेको तर कम्पनीको म्यानेज्मेण्टले मलेसियन कामदार हरुलाइ मात्रै उक्त बोनस रकम उपलब्ध गराएको भन्दै कम्पनी मा कार्यरत कामदारले आज बिहान बाट हडताल सुरु गरेका हुन।
कम्पनि प्रसासन तथा म्यानेजमेण्ट माथि रुस्ट हुदै कम्पनीको ओनर ले घोषणा गरिसकेको बोनस रकम स्थानीय कामदार लाइ मात्रै उपलब्ध गराएपछि ३५०० नेपालि कामदारहरु सहित अन्य देशका करिबकरिब ७ हजार कामदारहरु एक साथ हडतालमा उत्रिएका हुन।