मलेसियामा ढलमा डुबेर उर्लाबारी मोरङका मनिराज तमाङ्को मृत्यु ।
✍️तिलोचन गौतम,वालालम्पुर मलेसिया -बिगत ८ बर्ष देखि मलेसियाको मलका राज्य प्लाजा माकोटा जालान 4 माकोता नजिकै कोतालक्ष्मणा मा ढलमा डुबेर मोरङ उर्लाबारी मङ्लबारे सोरुझारका का मनिराज तमाङ्को गत सोमबार मृत्यु भएको छ ।
मलका स्थित Newton food court कम्पनी मा काम्गर्दै आएका मनिराज सोमबार दिउसो बिदाको दिन घुम्न भनि निस्किएका थिए । उनि सम्पर्कमा न आएपछि खोजि भैरहेको अबस्थामा ढलमा काम गर्ने मानिस हरुले सव तैरिरहेको देखेपछि प्रहरि लाइ खबर गरेका र मृतक को साथमा भएको कागजात बाट मृतक मनिराज भएको खुल्न आएको कम्पनीमा सङै काम गर्ने एक नेपालीले जानकारी दिए।
मृतक तमाङ्को पोस्टमार्टम रिपोर्ट आज आउने भएको र मिले सम्म रोजगार दाता कम्पनीले दाहसंस्कारको लागि सव नेपाल फिर्ता गराउने जनाएको छ ।