मणिराज बस्नेतले ल्याए ‘दुई दिने जिन्दगानीमा’ (भिडियो)


काठमाडौं । गीतकार तथा गायक मणिराज बस्नेतले लोक गीत ‘दुई दिने जिन्दगानीमा’ सार्वजनिक गरेका छन् ।

मणि इन्टरटेनमेन्टमार्फत सार्वजनिक गीतमा बस्नेतको गीत लेखन र स्वर रहेको छ । गीतमा तुलसी पराजुलीले भाका हालेका छन् । संगीत संयोजन राजु कार्कीले गरेका छन् ।

मेनुका बस्नेतको निर्माणमा तयार भएको गीतको भिडियोमा गायक बस्नेत लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन र सम्पादन विरन्द्र भाट ‘विपिन’ गरेका छन् भने मुकेश नेपालीको कोरियोग्राफी, महेश महराको छायांकन गरेका छन् ।

बस्नेतले यसअघि ‘मायाको झटारो’बोलको गीत आफ्नै स्वरमा ल्याएका थिए । यसका अलवा ‘नौलो परदेशी’, ‘मायाले सतायो’, ‘गुलेली मट्याङग्रा’, ‘मायाले बोलाको’, ‘पोल्छ मुटु’, शंकैशंकाले’, ‘परदेशी जीवन’, ‘फर्क हे फर्क परदेशी’, ‘प्रवासी मन’लगायतका गीत संगीत बजारमा ल्याइसकेका छन् ।

अमेरिकामा बस्दै आएका बस्नेत आत्मसन्तुष्टिका लागि गीतसंगीतका काम गर्छन् । एक पोडकाष्टमा गौतम सागर राईसँग गफिदै उनले चलेका गायकले अस्वभाविक पारिश्रमिक माग्न थालेपछि आफू गायक बन्नु परेको अनुभव साटेका थिए । एक महिना अघि नेपाल आएका उनले केही गीत रेकर्ड गराएका थिए । ति गीतलाई क्रमश सार्वजनिक गर्दै जाने उनले बताएका छन् ।