
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ ।भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल सम्हालेपछिको भारतीय प्रधानमन्त्रीको यो नै पहिलो नेपाल भ्रमण हुनेछ ।
प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको करिब एक महिनापछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्री देउबाले भारत भ्रमणको बेला मोदीलाई निम्तो दिएका थिए ।