म्यान्मारमा सेना प्रमुखको वाचा चुनाव गराएर सत्ता सुम्पिने ।
स्रोत- एजेन्सी । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भैरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन भएको छ ।सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्दै पछिल्लो कदमको आवश्यकताको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।
उनको सम्बोधन आन्दोलनकारीलाई तर्साउने भन्दा औचित्य पुष्टिमा बढी केन्द्रीत भएको जनाइएको छ ।पछिल्लो चुनाव स्वच्छ हुन नसकेको र निर्वाचन आयोगले पनि छानबिनमा असफल भएको आरोप लगाउनुभएको छ ।उहाँले छिटै नै निर्वाचन गरेर विजेतालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यता, सैन्य ‘कू’ को विरोधमा निरन्तर प्रदर्शन जारी छ ।