खांदबारी र सुपरियर सिटी बिच सिष्टर सिटी  भएको खुशियालीमा पिकनिक कांग्रेश म्यान जोद्धारा  नेपालमा सहयोग गर्न आग्रह ।

✍️नातिबाबु भट्ट कोलोराडो अमेरिका ।नेपालको संखुवासभा स्थित खादवारी नगरपालीका र कोलोराडो राज्यको सुपरियर सिटी बिच सिष्टर सिटी प्रोजेक्ट संम्बन्ध गासिएको खुसियालीमा आज भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न भयो ।

सुपरियर खांदवारी सिष्टर सिटी प्रोजेक्टको आयोजना र संखुवासभा कम्यूनिटी अफ युएसएको संयोजनमा सम्पन्न कार्यक्रममा कांग्रेश म्यान Joe Neguse स्थानीय मेयर Clint Folsom , बोल्डर कान्ट्री कमिस्नर Marta, खांदबारी सुपरियर सिटी प्रोजेक्ट  तथा हेल्पीङ ह्याण्ड  नेपालका अध्यक्ष नारायण श्रेष्ठ, संखुवासभा कम्यूनिटी अफ युएसएका अध्यक्ष शान्ति श्रेष्ठ लगायत स्थानीय नेपाली संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धीजिवी पत्रकार तथा सर्वसाधारणको  उपस्थिती रहेको थियो । सुपरीयर सिटीका मियर Clint Folsom काे प्रमुख आतिथ्यता तथा काग्रेश म्यान   Joe Neguse  बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथीहरुलाई पञ्चकन्याहरुले खादा लगाई दिइ स्वागत गरेका थिए ।

राष्ट्रिय गान गाएर सुरुगरिएको कार्यक्रमलाई संम्वोधन गर्दै प्रमुख अतिथी Clint ले सुपरियर सिटीमा नेपालीहरुको बसोवास बढ्दै गएकोले यस्ता कार्यक्रमहरुबाट भाषा, संस्कृती, भेषभुषा, शिप, ज्ञान आदान प्रदान गर्न सजिलोहुने जसबाट आधुनिक बिकासलाई टेवा पु¥याउने धारणा राखेका थिए । त्यसैगरी कांग्रेश म्यान जो ले नेपालमा कोभिडको खोपको कारण धेरै अप्ठ्यारो परेको थाहा भएको, अमेरीकी सरकारबाट भरखर खोप पठाईएकोले त्यसबाट थोरै भएपनि सहयोग पुगेको आसागर्दै खोप, टिपीएस लगायत अन्य बिबिध बिषयमा सक्दो सहयोग पु¥याउन पहलगर्ने  प्रतिवद्धता जनाउदै, नेपालाइ अहिले सहयोगको आवश्यक रहेकोले सबैलाई सक्दो सहयोगगर्न आग्रह गरे ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै  खांदबारी सुपरियर सिटी प्रोजेक्ट  तथा हेल्पीङ ह्याण्ड  नेपालका अध्यक्ष नारायण श्रेष्ठले कार्यक्रममा उपस्थित काग्रेश म्यान जोलाई देखाउदै  भर्खरको युवा इमिग्रेण्ट  भएरपनि जो यहाको काग्रेश म्यान हुन सफल भएको उदाहरण दिदै ईच्छा र आकांक्षा हुने हो भने यहा राजनितीबाट धेरै अगाडी बढ्न सकिने बताए ।

कार्यक्रममा उपस्थित युवाहरुलाई इंकितगदै उनले कर्मभुमीमा जतिप्रगती गरेपनि हाम्रो पहिचाहन नेपाल संग गासिएको हुदा नेपाललाई नविर्सन सबैलाई आग्रह गरे । त्यसैगरी कार्यक्रममा बोल्डर काउन्ट्रि कमिस्नार Marta Loachamin एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसि पन्थ, रकी माउन्टेण्ड फ्रेण्डस् नेपालका अध्यक्ष टिका पौडेल लगायतका  बक्ताहरुले नेपाल र नेपाली समुदायको हकहित र बिकासको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

संखुवासभा कम्यूनिटी अफ युएसएका अध्यक्ष शान्ति श्रेष्ठद्धारा स्वागत मन्तब्य राखिएको कार्यक्रममा सुजन श्रेष्ठले खादवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाको सन्देश पढेर सुनाएका थिए भने  भक्तलामा र मनिषा श्रेष्ठले संचालन गरेका थिए ।

कार्यक्रममा संखुवासभा कम्युनिटीको बिकासकोलागी वासुदेव श्रेष्ठ र रत्नप्रभा श्रेष्ठले २ हजार डलर सहयोग प्रदान गरेका थिए । सोही कार्यक्रममा सन् १९८७ देखि पिस्कोर भोलिन्टीयर भएर इलाम र रोल्पामा बसी ३ बर्ष सेवागरेका जेफ जोन र माईक गिललाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

सुपरियर सिटी स्थित रमणिय पार्कमा सम्पन्न कार्यक्रममा नेपाली खानाका परिकार गुन्द्रुक, मस्यौरा खिर लगायत स्वादिष्ट खानाको ब्यावस्था गरिएको थियो । कार्यक्रममा बिशेषगरी संखुवासभाबाट अमेरीकाआई बसोबासगर्नेहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।