
काठमाडौं : गायक तथा संगीतकार स्वर्गीय जनम थुलुङ राईप्रति समर्पित ‘दुधैकोशी किनारै किनार’ गीत सार्वजनिक भएको छ। बुधबार स्टुडियो किङ युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो।
गीतकार जसिहब थुलुङ(खारल्युम्च्याे)ले जनमको स्वरमा रेकर्ड गर्न उक्त गीत तयार पारेका थिए। तर, उनको कोरोना संक्रमणका कारण २०७८ जेठ १२ गते ललितपुरस्थित सर्वाङ्ग स्वास्थ्य सदन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनकाे निधन भएपछि उनको नाममा तयार पारिएको उक्त गीत गीतकार जसिहब आफैँले स्वर र शब्द दिएका छन्। संगीत संयोजन मनोज साड्सोनले गरेका छन् भने भिडियो सम्पादन थुलुङ क्रियशनले गरेको छ।

अब उनले खुवालुङको गीत गाउने छैनन्...
गीत सार्वजनिक भएपछि गीतकार जसिहबले भने, ‘एउटा बाचा थियो, जो पूरा भएको छ।’ खोटाङका स्वर्गीय जनमले ‘मरे कटुञ्जे सञ्जोगले भेट हुँदा आँशु खस्यो हर्षले, तिमीलाई हेरी हेरी दिन बितोस्, रात बितोस्, लगायत थुप्रै गीत गाएका छन्।
पछिल्लो समय विवादित धनकुटा, भोजपुर र उदयपुरकाे संगमस्थल सप्तकोशीमा तमोर, अरूण र दूधकोशी नदी मिसिएको स्थान त्रिवेणीमा रहेको खुवालुङको खुवालुङ ! खुल, खुल, खुल ! गीत गाएपछि उनले धेरै चर्चा बटुलेका थिए। अहिले सार्वजनिक भएको गीतले दूधकोशी नदी र व्यक्तिको जनजीवन साथै रहनसहनलाई समेत चित्रण गरेको छ।
भिडियो लिकं यहाँ
https://youtu.be/j0nj1szlCxE