
काठमाण्डौ-नबिन चाम्लिङ राईको ‘प्रदेशी जिबन’ गित सार्जनिक भएको छ । मुन्धुमस्टार टिभिको अफिसियल युट्युब च्यानलबाट स्टुडियो भर्सनको भिडियो आज सार्बजनिक भएको हो ।
सार्वजनिक म्युजिक भिडियोको गित रचना र संगीत नबिन चाम्लिङ राईले नै गरेका हुन भने यस गितमा स्वर सदाबहार गायक कृष्ण भक्त राईको रहेको छ । साँचो मुन्धुमी मायालाई याद गर्दै चाडपर्ब आउँदा अझ धेरै याद गरेको कुरा गित मार्फत गितकार राईले ब्याक्त गरेका छन ।
स्टुडियो किङ्समा रेकर्ड गरिएको यो गीत राजु कार्किले मिक्सिङ गरेका हुन्। यस गितको एरेन्ज गायक सोयं कृष्ण भक्त राईले नै गरेका हुन। यो गितको रेकर्डिङ मनोज साम्सोङ राईले गरेका हुन भने यस गितको छायङ्कन तथा सम्पादन मुन्धुमस्टार टिभिले गरेको हो ।
गितकार राईले प्रदेशमा बसेर, गित मार्फत स्वदेशमा भएको मायाको याद पोखेको छन, आफ्नो माया दोबाटोमा बसेर आफुलाई कुरेरको कुरा गित मार्फत गरेका छन। यो गित प्रदेशिको पिडा र गीतमा गाउँघर, मेलापात, हाटबजार, प्रकृती र सच्चा प्रेमलाई नयाँ अनि टिपिकल भाकामा गितकार तथा संगीतकार राईले गित सृजना गरेका छन।
नबिन चाम्लिङ राईले पछिल्लो समय नेपाली गित सांगीतमा एकपछि अर्को नया गित र संगीत दिँदै आईरहेका छन । यसै सिलसिला संङ्ग जोडिएको यो एउटा गित हो। यस गितको स्टुडियो भर्सनको भिडियो आजै सार्बजनिक भए पनी बाहिर छायंकण गरिएको फुल म्युजिक भिडियो भने तिहार अघी नै बजारमा ल्याउने गित निर्माण पक्षले हाम्रो आवाज न्युज डटकम लाई जानकारी दिएको छ।
गितको भिडियो लिङ्क तल...