नेचासल्यानबाट ४७ जनाको स्वाब संकलन

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट ४७ जनाको स्वाब संकलन गरिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका १८ महिला र २९ पुरुषको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि प्रदेश नं १ प्रयोगशाला विराटनगर पठाइएको स्वास्थ्य शाखा संयोजक यूवराज शर्मालाई उदृत गर्दै सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।