नेचासल्यानका कृषकलाई अनुदानमा फलफूलको विरुवा

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले विभिन्न जातका फलफुलको विरुवा वितरण गरेको छ ।

चालु आर्थिक वर्षको कृषि शाखाको फलफुल कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषकलाई सुन्तला, कागती, मेवा, एभोकाडो, अम्बा लगायतका विरुवा गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले वितरण गरेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।