नेचासल्यानका विद्यालयलाई टिभी, कम्प्यूटर र प्रिन्टर वितरण

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले शैक्षिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउने द्येयले स्मार्ट टलिभिजन, कम्प्यूटर र प्रिन्टर वितरण गरेको छ ।

नेचासल्यानका ६ माध्यमिक र ४ आधारभूत विद्यालयलाई स्मार्ट कम्प्युटर र २१ आधारभूत विद्यालयलाई कम्प्यूटर र प्रिन्टर वितरण गरिएको छ ।

शैक्षिक सामाग्री पालिका अध्यक्ष डुफ कुमार बास्तोलाले सम्बन्धीत विद्यालयका प्रध्यानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।