नेपाल बन्द फिर्ता

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । पार्टाीले ६ गतेदेखि १० गतेसम्म गर्ने भनेकाे नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको हाे ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाएका छन् ।