नेपाल नेत्रज्योती संघ कोलोराडो तदर्थ समिती गठन।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।अमेरिकाको कोलोराडोमा नेपाल नेत्रज्योती संघ कोलोराडो तर्दथ समिती गठन गरिएको छ ।

कोलोराडोमा सकृय सामाजिक संघ संस्थाका प्रतिनिधी, बुद्धिजिवी एबं सामाजिक अभियान्ता, नेपाल नेत्रज्योती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक शैलेसकुमार मिश्र लगायतका पदाधिकारीहरूको उपस्थितीमा कोलोराडो तदर्थ समिती गठन गरिएको हो ।

कोलोराडोमा नेपाली समुदायका अभिभावक तथा समाज सेवी नारायण श्रेष्ठको संयोजकत्वमा १५ सदस्सिय तदर्थ समिती गठन गरिएको समितीका सदस्य तथा नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन ।

यसरी गठित समितीका सदस्यहरूमा जगदिशचन्द्र ढकाल, नविन दत्त, निलम श्रेष्ठ, बसन्त लंसाल, सुरज भण्डारी, गंगा चौलागाइ, शुरेसचन्द्र प्रधान, नवराज श्रेष्ठ, कृष्ण थापा, चन्द्रमान गुरूङ, घनश्याम अगस्थी, अर्जुन बगाले र शुमन केशी रहेका छन ।

तर्दथ   समितीले नेपाल नेत्रज्योती संघको बिधान अनुसार काम अगाडी बढाउने ढकालले बताएका छन । नेपालमा २८ जिल्लामा अस्पत्ताल १ सय ६० आंखा उपचार केन्द्र र ४३ जिल्लामा शाखा रहेको संस्थाले  अन्धोपन निवारणकोलागी उल्लेखनिय सेवा प्रदान गर्दै आइरहेको छ ।
IMG_2551.JPG