फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोटअन्तर्गत नेपाल र लाओसबीचकाे खेल शुरु भएकाे छ । खेल केहीबेरअघि त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरु भएकाे हाे ।
डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल दशरथ रङ्गशालामा भइरहेकाे हाे । फिफा वरीयतामा एसियामा २७ देखि ४६ सम्म परेका २० वटा टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम एन्ड अवे गरेर खेलाइनेछ । नेपालको पहिलो चरणको दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।
यस्ताे छ नेपालको शुरुवाती ११–
किरण चेम्जोङ (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की