नेपाल संम्बत ११४६ अवशरमा नेवाः खलः कोलोराडोले दुइ पुरस्कार प्रदानगर्ने निर्णय।
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपाल संम्बत ११४६ को अवशरमा नेवाः खलः कोलोराडोले यसबर्ष देखी दुइवटा पुरस्कार बितरण गर्ने निर्णय गरेको छ ।
संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले नेपाल संम्बतको अवशर पारेर हरेक बर्ष शताब्दी पुरुष सत्यमोहन पुरस्कार र शंखधर साख्वा पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।
आगामी अक्टोवर २५ तारिक सनिवार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्नलागेको न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार बितरणगर्ने अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।
कोलोराडो नेवाः खलः शताब्दीपुरूष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका व्यक्तित्वलाई यो पुरस्कारले सम्मान गरिनेछ । त्यसैगरी कोलोराडो नेवाः खलः शंखधर साख्वा सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोका स्थानीय नेपाली संघ, संस्थामध्ये उत्कृष्ट एकलाई खलःको तर्फबाट यो सिरपा (पुरस्कार)बाट सम्मान गरिने बताइएको छ ।
संस्थाले नेपाल सम्बत् ११४६ भिंतुना कार्यक्रम तथा साधारण सभा एकैदिन गर्ने बताएको छ । भिंतुना कार्यक्रम व्यवस्थापनको लागि उपाध्यक्ष मनोज काजी तुलाधर, रोशन महर्जन, रमिता तुलाधर, सुरेश श्रेष्ठ समूहलाई जिम्मा दिएको छ । त्यस्तै साधारण सभा सञ्चालन तथा व्यवस्थापनको लागि महासचिव सञ्जय शाक्य तथा सचिव नारायण प्रसाद दुवाललाई तोकेको छ ।
यसैगरी भिंतुना कार्यक्रमा इन्द्र जात्राका सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकार लगायत सम्पूर्ण स्वयंसेवकहरू तथा Platinum, Gold, Silver र Bronze Sponsor हरूलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।