नेपालबाट आएका ३ जनामा कोरोना देखिए संगै हङकङमा नेपाल एयरलाइन्स को उडान प्रतिबन्ध..

युवा राई हङकङ / अक्टोबर ७ सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवारको प्रेस ब्रिफिङमा हङकङमा नेपालबाट आएका ३ जान र अन्ये देश बाट आएका ८ जान कोरोनाका बिमारी थपिएको जनाएको छ।यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२५२ पुगेको छ।

यसका साथै सस्वास्थय बिभाग का अनुसार आज हङकङमा कोरोनाका बिमारी आज पनि सुन्य रहेको जानकारी गराएको छ ।बाहिरा बाट आएका  सङ्क्रमितमध्ये नेपालबाट आएका ३९ देखी ५५ र ६२ वर्ष उमेरका ३ जना पुरुष रहेका छन्। तीनै जनाले

कोरोनाविरुद्ध १/१ खोपको डोज लिएको जनाइएको छ। नेपालबाट आएका ३ यात्रुमा कोरोना पोजेटिभ देखिएसंगै हङकङ सरकारले नेपाल वायुसेवा निगमको RA409 लाई हङकङमा ७ देखि २० अक्टोबरसम्म उडान प्रतिबन्ध लगाएकोछ त्यस्तै अरु आयातित सङ्क्रमित केसहरुमा पाकिस्तानबाट ४ जना र एक जना फिलिपिन्सबाट

आएकी घरेलु सहयोगी रहेका छन्।पछिल्लो १४ दिनमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।हङकङमा कोरोना सङ्क्रमित ५३ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।