नेपाली सहयोगी हातहरु, मकाउले “गाला डिनर” संगै सदस्यहरुको जन्मोत्सव पनि मनायो

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले हिजो जुलाई २६ तारिख आइतबार ‘गाला डिनर’ कार्यक्रमको आयोजना गरेर भव्य रुपमा सम्पन्न गरेको छ । नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष सुदर्शन थापा मगरको अध्यक्षतामा सम्म कार्यक्रम पावर पोइटको माध्यमद्वारा प्रस्तुतीकरण दिएर नया प्रविधिको प्रयोग गरेरे कार्यक्रमको उद्धाटन संस्थाका निर्देशक उदय वाग्लेले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरु

मकाउमा छोटो समयमा धेरै कार्यक्रम आयोजना गर्न सफल एनएचएच द्वारा आयोजित कार्यक्रमको प्रमुख अथिति स्थानीय मकाउकी leng Fong charity Association of Macau, CEO Ms. Vong Sap Mui को विशेष उपस्थिति रहेको थियो ।

आमन्त्रित अतिथिका साथमा निर्देशक उदय वाग्ले

आयोजित कार्यक्रममा अन्य अतिथिहरुको समेत विशेष उपस्थिति रहेको थियो । Macau Oversis worker Association, president, I Ao leong Kuong Kao, Laurence Lameiras, Madam Rose, जनसम्पर्क समिति मकाउका सहसचिव नव राज पराजुली, हेड्स मकाउका अध्यक्ष प्रेम कुमार विक, मगरसंघ मकाउका सचिव सालिक बगाले मगर, तामाङ धेदुङ संघ मकाउका उपध्यक्ष कल बहादुर तामाङ, उद्धव सिंह कनुवार र राज नगरकोटी कार्यक्रममा उपस्थित रहनु भएको थियो ।

संस्थाका सदस्य मकाउमा सार्वाधिक रक्तदाता डम्बर बहादुर गुरुङ सम्मानित हुदै

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, संस्थाका निर्देशक उदय वाग्ले र संस्थाका अध्यक्ष सुदर्शन थापा मगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । उपस्थित प्रमुख अतिथि र अन्य विदेशी अतिथिहरुलाई दोसल्ला साथै नेपाली ढाका टोपी ओढाएर विशेष सम्मान गरेका थिए । यस्तो नया सम्मानले आयोजित कार्यक्रमको रौनक बढेको थियो ।

संस्थाले गत जुलाई ११ तारिख र १८ तारिख नेपाली सहयोगी हातहरु, मकाउद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने प्रत्येक महानुभावहरुलाई विशेष धन्यवाद सहित कदर पत्र वितरण गरेका थिए ।

स्थानीय संचार माध्यममा निर्देशक उदय वाग्ले

आयोजित कार्यक्रममा नेपाली सहयोगी हातहरु, मकाउको साधारण सदस्यता समेत प्रदान गरिएको थियो।  संस्थाको सदस्य बृहत् हुदै गएको साथै अझ विस्तार गरिने समेत अध्यक्ष थापा मगरले हाम्रो आवाज न्यूज डटकमसंगको कुराकानीमा बताएका थिए । अध्यक्ष थापा मगरका अनुसार संस्थाका ढोका सधै खुल्ला रहेको हुनाले नेपाली समुदायका नेपालीका लागि सदस्यता लिन विशेष अनुरोध समेत गरेका छन् ।

नेपाली सहयोगी हातहरु, मकाउले संस्था गठन भएको समयदेखि में, जुन र डुलाईमा जन्म दिन परेका आफ्ना सदस्यहरुको जन्म दिनको अवसरमा जन्मोत्सव समेत मनाएको छ । आफ्ना १७ जना सदस्यहरुका लागि सामूहिक रुपमा जन्मोत्सवको अवसरमा केक काटेर प्रत्येक सदस्यका लागि सम्मान समेत गरेको थियो ।

सदस्यहरुको सामुहिक जन्मोत्वसमा सहभागी सदस्य राकेश 

सोही कार्यक्रममा संस्थाका सदस्य गुप्त बहादुर राना मगरलाई गत जुलाई महिनामा सडक कुकुरले टोकेको थियो । पिडीत राना मगरलाई स्वास्थ्यलाभको कामना सहित संस्थाका निर्देशक उदय वाग्लेले मोप १५,०० डलर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपस्थित महानुभावहरुका लागि कोरोना भाइरसका कारण अझै उच्च सतर्कता अपनाउन सर्जिकल माक्स र सेनिटाईजर समेत वितरण गरेको थियो ।

स्थानीय आमन्त्रीत अतिथि साथमा सहभागी सदस्यहरु