
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ ।
एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिए ।
विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छनोट खेलिरहेको थियो । राष्ट्रिय टिममा युवा खेलाडीको बर्चश्व हुँदा उनीहरुको एक्स्पोजरका लागि पनि यू–२३ प्रतियोगिता महत्वपूर्ण थियो ।
तर, पदाधिकारीको सेवा सुविधा बढाएको भनेर आलोचित भइरहेको एन्फा प्रतियोगिताका लागि टिमको नाम नै दर्ता नगर्ने अर्को आत्मघाती निर्णयमा पुगेको छ ।