मकाउबाट १ सय ४७ जना नेपाली नेपाल एयरलाइन्स मार्फत स्वदेश फिर्ता हुदै
मकाउ - नेपाल वायुसेवा निगमका राष्ट्रिय ध्वजा वाहक विमान पहिलोपटक मकाउमा चाटर्ड उडान हुने निश्चित भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे काठमाण्डौबाट मकाउका लागि उड्ने भएको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा मकाउ पुगेका श्रमिकहरु कोरोना भाइरसका कारण रोजगारी गुमाएका, भिसा नविकरण नभएका र विभिन्न कारणले भोली २० तारिख मकाउ-काठमाडौ सिधा उडानमार्फत नेपाल र्फकने भएका हुन । मकाउ सरकारले कोरोना भाईरसका कारण मकाउ हवाई सेवामा रोक लगाएका कारण नेपालदेखि मकाउ आइडीहरु नलिई जहाज रित्तै मकाउका लागि आउने भएको छ।
नेपाल एयरलाईन्सको जहाज बुधबार बिहान करीव १० बजेट काठमाडौं अवतरण गरिसक्ने कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् । निगमका एक अधिकारीका अनुसार ‘यो गन्तव्य हाम्रा लागि निकै महत्वपूर्ण छ’, उनले भने, ‘पर्यटकीय क्षेत्र भएकाले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र हो मकाउ ।’
अहिले मकाउ जाने नेपालीले हङकङ र चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी आउजाउ गर्ने गर्छन् । हङकङ सरकारले कोभिड-१९ का कारण कडाइ गर्दा मकाउ जाने यात्रु समेत प्रभावित भएका हुन्। हङकङ र मकाउ दुबै चीनको स्वशाशित विशेष प्रशासनिक क्षेत्र हुन् ।
नेपाल एयरलाइन्सले मकाउबाट १ सय ४७ जना नेपाली नागरिकलाई काठमाण्डौका लागि उडान हुने तयारी भएको छ।
नेपाल च्याम्बर्स अफ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापा मगरका अनुसार; मकाउ आईडी वाहक ९ जना नेपालीहरु नेपालमा रहनु भएको छ । अध्यक्ष थापा मगरका अनुसार मकाउ आइडी वाहकहरु मकाउ फर्काउने यस विशेष पहल र परामर्श समेत गरिरहनु भएको छ ।