नयां वर्षको उपलक्षमा कोलोराडोमा नेपाल डे परेड सम्पन ।
✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।नयां बर्ष २०८० को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् ।
रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा, हेल्पिङ हेण्डको सहयोग तथा स्थानीय सबै संघ संस्थाको सहभागीतामा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्डर नगरका मेयर आरोन ब्रकेट उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा नेपाल परेड डे का संस्थापक नारायण श्रेष्ठ, गायक मिलन लामा स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धी जिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।
भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी लाखे नाच तथा धिमे बाजाको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास र मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।
स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए भने, केही आÏनो जातीय भेष भूषा संस्कृती झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भुमीमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो ।
बालक बृद्ध सबै उमेर समुहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका स्थानीय दर्शकहरुले हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरी संग आÏनो रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।
नगर परिक्रमा गर्नु अगाडी कार्यक्रमलाई सम्बोधन गर्दै हेल्पिङ्ग हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले बोल्डर सहरमा नेपालीहरुको बसोबास बाक्लो हुदैगए पछि यहाका स्थानीयलाई नेपाली भाषा संस्कृती पहिचान गराउन “नेपाल डे परेड”को सुरुआत गरिएको बताए । उनले नेपालमा राजनैतिक स्थिरता नभएको कारण मेयरको नेपाल भ्रमण २ पटक पछाडी सारीएको र अब छिटै हुने बताए । त्यस्तै अथिती गायक मिलन लामाले नेपाल र नेपालीको शिर उच्च पार्ने यस्तो महत्व पूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुन पाएकोमा आफु धेरै हर्षित भएको बताए ।
त्यस्तैगरी बिशेष अतिथी बोल्डर शहरका मीयर आरोन ब्रकेटले सबैलाई ह्याप्पी न्यूयर भन्दै, बोल्डर शहरमा सबैलाई स्वागत छ भने । उनले यती धेरै नेपालीहरु जम्मा भएर मातृ भुमीको पहिचाहनको लगी जुटेको देख्दा ज्यादै खुशी लागेको भन्दै यो कार्यक्रम हरेक बर्ष निरन्तर रहिरहने बताए । त्यस्तै आयोजक संस्थाका अध्यक्ष अर्जन बगालेले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए ।
कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नयांबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।