बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शोभा यात्रा।

✍️नातिबाबु भट्ट,कोलोराडो,अमेरीका।२६ सय ४७ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोको डेनभर डाउनटाउनमा शनिवार शोभा यात्रा कार्यक्रम सम्पन्न गरिएको छ ।
कोलोराडोमा सकृय संस्था बौद्ध समाज कोलोराडोको आयोजनामा, बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शोभा  यात्राको आयोजना गरिएको हो ।

शोभा यात्रा सुरुहुनु अघि डाउनटाउन स्थित सिवीक सेन्टर पार्कमा बौद्ध समाजका अध्यक्ष श्यामकुमार श्रेष्ठले  दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसैगरी बौद्धगुरु खेन्पो लामा बसन्त गुरुङ बुद्धको बिशेष पुजा गरेका थिए । कार्यक्रमका  बिशेष अतिथी लोपेन रिन्पोछेले बुद्धको महाबाणी र बद्धत्व प्रप्तीको बारेमा प्रवचन दिएका थिए । कार्यक्रममा सहभागी सबैले दिप प्रज्वलन गरेका थिए ।

प्रवचन र दिप प्रज्वलन पछि सोही स्थानबाट धिमेबाजाको तालमा सुरु भएको शोभा यात्रा नगर परिक्रमा गरि पुःन  सिवीक सेन्टर पार्कमा आई बिसर्जन गरिएको थियो । यात्रामा सहभागीहरुले नेपालको झण्डा, बुद्धको प्रतिमा, बुद्धको तस्विर, ध्वजा पतंगा लिएर नगर परिक्रमा गरेका थिए । यात्राको क्रममा स्थानीयहरुले ताली बजाएर तथा हात हल्लाएर स्वागत र समर्थन गरेका थिए ।

कार्यक्रममा नेपाली घर, रकी माउण्टेन फ्रेन्डस् अफ नेपाल, अन्तराष्ट्रिय साहित्य समाज, कोलोराडो नेवाःखल, दिदी बहिनी समुह, मगर संघ, शेर्पा न्वागी सोग्पा, संखुवासभा कम्युनिटी अफ कोलोराडो, जातिय विभेद बिरुद्ध बिश्व मन्च लगायतका संस्थाका पदाधिकारीहरु ब्यानर सहित कार्यक्रममा सहभागी भएका थिए  ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष श्रेष्ठले बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन  आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याएकोमा सहभागी सबैलाई धन्यबाद दिएका थिए । कोलोराडोमा बिगत ८ बर्ष देखी यसरीनै बुद्ध जयन्ती मनाईदै आएको बौद्ध समाजका सचिव संजय शाक्यले बताएका छन् ।