
✍हाम्रो आवाज न्युज डटकम,अमेरिका - नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन भएको छ। विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको हो । नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए पछी अमेरिकाको कोलोराडोमा बसोबास गरिरहनु भएका नायक तथा निर्माता नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमिति गठन गरिएको हो ।
श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमितिहरुमा बरिष्ठ उपाध्यक्षमा एभरेष्ट सुर्य बोहोरा न्युयोर्क, प्रथम उपाध्यक्षमा बिक्रान्त बस्नेत न्युयोर्क, द्वितीय उपाध्यक्ष दिनेश कार्की भर्जिनिया, सचिब हरि उप्रेती ओहायो, सह-सचिब राजकुमार काफ्ले कोलोराडो , कोषाध्यक्ष डिपी शर्मा कोलोराडो, महिला संयोजक डा. रानी शाक्य मेरिल्याण्ड, सदस्यहरु कृष्ण सुनार मोन्टाना, रायन रेज टेक्सास, शंकरराज वाग्ले क्यालिफोर्निया, नरमान राई नर्थ डकोटा र किकि शर्मा युटाह रहेका छन् भने सल्लाहाकारहरुमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजन कुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन्।