दुर्व्यहार भएको भन्दै पिएसजी र इस्तानबुलले १५ मिनेटमै खेल रोके ।

डिसेम्बर - ८ ,यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र टर्कीको इस्तानबुल बासाकसेइरले खेल सुरू भएकाे १५ मिनेटमा नै मैदान छाडेका छन् ।

समूह चरणको अन्तिम खेलमा १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिनका लागि संकेत गरेका थिए । त्यसो गर्ने क्रममा उनले रंगभेदी टिप्पणी गरेको आरोप इस्तानबुलका खेलाडीले लगाए । रेफ्रीहरुले उक्त आरोपको खण्डन गरिरहँदा दुवै टोलीका खेलाडीले त्यसको विरोध गरे ।

रेफ्रीहरुले अडान जारि नै राखेपछि दुवै टोलीले मैदान छाडेका थिए । झन्डै १० मिनेट छलफलपछि पनि खेलाडी र रेफ्री पक्षबीच समझदारी हुन नसक्दा खेलाडीहरुले मैदान छाडेका थिए ।

खेलको १५ मिनेट समय चल्दा खेल रोकिएको थियो । दुवै टोलीले खेलमा गोल गरेका छैनन् । खेल रोकिएपछि पिएसजीले अब उक्त रेफ्रीलाई हटाएपछि मात्र खेल सुरु गर्ने इस्तानबुलको मागमा सहमति जनाएको छ ।

स्रोत - एजेन्सी