गजल -

गजल -

राम्रो काम गर्नेलाई देशमा गिराउँने प्रवृत्ति छ
जसरी हुन्छ खुट्टा तानेर लडाउँने प्रवृत्ति छ

काम गर्छ निष्पक्ष जसले जनहितका लागी
कसरी हुन्छ उसलाई सिध्याउँने प्रवृत्ति छ

कस्तो शिक्षा प्राप्त गर्लान् तिनैका सन्ततीले
जसको भ्रष्ट र  शोषण मौलाउँने प्रवृत्ति छ

तिनैका हातमा देशको जिम्मेवारी थमाईयो
न बिकाश चाहन्छ उ न देश बनाउँने प्रवृत्ति छ

अरुको भोक -प्यास मतलब हुन्न यो देशमा
यति भए पुग्छ आफु मात्र अघाउँने प्रवृत्ति छ ।

-पोष कुमार राई
खोटाङ्,नेपाल
हाल-भक्तपुर