
गजल-
तिमी संग भेट्ने हतारो मलाई
तिमी चाहि हाल्छौ तगारो मलाई
पियौ प्यारको पोखरी आसु मात्रै
सधै तिर्सनाको पसारो मलाई
दिलैको खजाना लुकाएर राख्छौ
फगत् त्यो नजरको झटारो मलाई
लिई राख्नु मेरै जवानी धलौटी
मिलोस् प्रेम थोरै उधारो मलाई
उज्यालो र न्यानो छ संसार तिम्रो
यता माघको यो तुसारो मलाई ।
- शीतल कादम्बिनी
काठमाण्डौ ।