गजल-

गजल-

बदले हार, बदलिन्छ जीवन
बदले विचार, बदलिन्छ जीवन

आफु उभिएकाे धरातल हेरेर
बदले आधार बदलिन्छ जीवन

चाहनासाथ प्राप्ति केही हुन्न मित्र
लागेदेखि लगातार, बदलिन्छ जीवन

पारी जाने भए देखि खुट्टा नकमाउनु
तरेदेखि जंघार, बदलिन्छ जीवन ।

-कल्पना तामाङ
मन्थली-४, रामेछाप हाल-क्यान्सस सिटी मिजाैरी ।