
गजल -
याे दुनियाँमा सब जालीहरु हुन्छन्
भाषणकै पछाडि तालीहरु हुन्छन्
किन किन यस्ताे लाग्छ आजकाल
आर्शिबाद स्वरुप गालीहरु हुन्छन्
साेच्दैन मान्छे भाेलीकाे दिन पनि
रातपछी उषा र लालीहरु हुन्छन्
अन्न उसै उब्जिए झै ठान्छाै हामी
लाग्दैन त्यसपछाडी फालीहरु हुन्छन्
फूल टिपेर सजाउँदा जति आन्नद लाग्छ
साेच्दैनाै मलजल गर्ने मालीहरु हुन्छन् ।
✍️कल्पना तामाङ
मन्थली-४ रामेछाप
हाल क्यान्सस सिटी मिजाैरी, अमेरिका ।