गजल
उस्को परान गएन सजिलोसंग ।
तिमी आइपुग्यौ कति ढिलोसंग ।
हिलोमै हुर्किएर कमल भएको हु
मलाइ प्रेम छ यहिको हिलोसंग ।
तिमि नै भनिदेउ तिमिलाइ बिर्सन
के खाउ यो आँसुको नुनिलोसंग ।
मिल्न नजान्ने हामी मान्छे मात्रै हो
गुलियो पनि मिल्छ अमिलोसंग ।
धोकाको अध्यारोमा राख्नु रहेछ
हिजो प्रेम देखेकैहो चहकिलोसंग ।
यो बूढो आँखामा पनि अतितको
फोटोहरु आउदैछन धमिलोसंग ।
काटिएको पत्तै पाएन यो मनले
उस्को याद आयो धारिलोसंग ।
✍️ संगीता थापा
मकवानपुर हाल-काठमाण्डौ ।