गजल
अब त भयो भन्दा भन्दै भयो धेर आज
फेरी पनि सधै जस्तो भयो अबेर आज।
यादहरु पिएर नै दुख भुल्ने मान्छे म त
खै के-के सोचे धेरै सोचे,सम्झेर आज ।
कथाहरु फरक हुन्छन सबै मान्छेहरुको
देखाउने र लुकाउने हिड्छन बोकेर आज ।
समयलाई कहाँ आफ्नो बनाउँन सकिन्छ
बाँच्नु पर्छ मान्छे हामी चोटहरु सहेर आज ।
✍️गौतम सागर राई
सोलुखुम्बू हाल
कोलोराडो,अमेरिका ।