गजल

  • गजल

हल्ला त हल्लै हुन्छ यस्को कुनै आधार हुन्न
फिजिन्छ हुस्सु जस्तो टाढा ,यस्को भार हुन्न

तिमी सित खिचिएको मन तिमी तिरै जान्छ
मनलाई छेक थुन गर्ने कतै कुनै सरकार हुन्न

मन मुटुको खेल हो कि शायद यो माया नि
जती खेले नि ,माया प्रेममा जित हार हुन्न

मनमा बसाल्छौ अनी खसाल्छ्यौ फेरी तिमी
महसुस होस कि मायाको थुप्रै अबतार हुन्न

तिमी बिना शायद म अधुरो मधुरो हुन्छु
देखाउँ कसरी भाव यो यस्को चिरफार हुन्न ।

✍️ भूपेन्द्र महत्त
कोलोराडो अमेरिका ।